Advertisement

फुटबल प्रतियोगिता

0 324

Advertisement

२० चैत, सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति रङ्गशाला आयोजना गरिने प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका आठ टोली सहभागी हुने जनाइएको छ ।

राष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित टोलीमा आयोजक संस्थाका साथै झापाको दमक फुटबल एकेडेमी, सुनसरीको इटहरी फुटबल क्लब, मोरङको डागिहाट फुटबल क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सिरहाको सहलेस फुटबल क्लब, महोत्तरीको एपिएफ फुटबल क्लब र सर्लाहीको बागमती युवा क्लबको सहभागिता रहने जिल्ला फुटबल सङ्घका महासचिव अमर खवासले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाखसहित ट्रफी प्रमाणपत्र र पदक प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच, बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने जनाएको छ ।

सप्तरीको १ (क) बाट निर्वाचित सांसद सत्यनारायण मण्डलको संसदीय विकास कोष र स्थानीय दाताहरुको सहयोगमा प्रतियोगिता गर्न लागिएकोे जनाइएको छ ।

पुरुषतर्फ चौदण्डीगढी र महिलातर्फ बेल्टार विजयी

सप्तरीको कञ्चनरूप नगरपालिकाद्वारा आयोजित खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगितामा चौदण्डीगढी नगरपालिका–५ का विनय चौधरी र सनिल चौधरीको समूह विजयी भएको छ ।कञ्चनरूप नगरपालिका–२ स्थित कबर्ड हलमा आज सम्पन्न अन्तिम चरणको खेलमा विनय र सनिलको समूहले चौदण्डीगढी नगरपालिकाका केनिस मगर र साजन राईको समूहलाई पराजित गरी प्रथम भएको हो ।

प्रतियोगितामा चौदण्डीगढी नगरपालिका–५ का प्रमोद चौधरी र समीर फुयाँल तथा कञ्चनरूप नगरपालिकाका अभिषेक गौतम र राकेश थापाको समूह तृतीय भएको थियो ।

कप, पदक र प्रमाणपत्रसहित प्रथम हुनेलाई जनही रु छ हजार, द्वितीयलाई जनही रु चार हजार र तृतीयलाई जनही रु दुई हजार प्रदान गरिएको थियो ।यस्तै महिलातर्फ बेल्टार नगरपालिका उदयपुरका रीना राईको समूह प्रथम र विष्णु मगरको समूह द्वितीय भएको थियो

प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार र द्वितीय हुनेलाइ रु तीन हजार प्रदान गरिएको थियो । सप्तरी र उदयपुर जिल्लाबाट चारवटा महिला टोलीसहित ३६ टोली प्रतियोगितामा सहभागी थिए ।

पुरस्कार वितरण समारोहमा कञ्चनरूप नगरपालिकाका नगरप्रमुख वसन्त कुमारले खेलाडीहरूले अनुशासित भई उच्च मनोबलका साथ खेल्दा राम्रो प्रगति हुने बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.