Advertisement

जयनगर–कुर्था रेलको शनिबार उद्घाटन

0 295

Advertisement

१६ चैत, काठमाडौं । जयनगर–कुर्था रेल सेवाको शनिबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने मिति तय भएको हो।

नेपालका देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गर्ने नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा शुक्रबार प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणमा जाँदै छन्।

जगजयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले रेलसम्बन्धी अध्यादेश ल्याएपछि उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले जानकारी दिए। यसअघि दोस्रो अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन पनि खडा भएको थियो।

गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ। ड्राई रनको सफलता पश्चात रेल सेवा उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.