Advertisement

चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड चैत्र २६ मा हुने

0 304

Advertisement

१२ चैत, काठमाडौँ । अन्तिम समयमा आएर चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड सरेको छ ।

छायाँछवि क्रिएशनको आयोजनामा हुने डी–सिने अवार्ड अब चैत्र २६ मा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले अवार्ड प्राविधिक कारणले सार्न लगिएको जनाए ।

आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्ड सरेको जानकारीसँगै हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।

डी–सिने अवार्डको अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार घोषणा गरिएको हो ।

यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरिने छ ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फका) अभिनेता विजय लामा, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फको) झरना थापालाई प्रदान गरिने भएको छ । यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.