Advertisement

मैले उमेर पुगेपछि विवाह गरौंला भनेको हुँ – पल

0 233

Advertisement

१० चैत, काठमाडौं । बलात्कारको आरोप लागेका कलाकार पल शाहले आफुमाथि बलात्कारको आरोप लगाउने नाबालिक गायिकासँग विवाह गर्छु भनेको स्वीकार गरेका छन् ।

उनले राम्रो स्वर भएकी गायिकासँग ०७७ असोज २२ गते काठमाडौं साँखुमा भेट, चिनजान भएको बताएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय तनुहँमा दिएको बयानमा पलले फोन नम्बर आदान प्रदान भइ फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा आफूहरु विभिन्न स्थानमा गएर बस्ने गरेको बताएका छन् ।

उनले बयानमा पीडित नाबालिकाले ०७८ सालको जेठ महिनाको अन्तिममा फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए मलाई गाह्रो भयो । मेरो महिनावारी रोकियो भनेको पनि बयानमा खुलाएका छन् ।

पलले बयानमा भनेका छन्,“आरोप लगाउनेले तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरु म्यासेजमा मलाई प्रेसित गरेकी थिइन्, ०७८ सालको असार महिनामा काठमाण्डौको वानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो मेनेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नु पर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछी विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.