Advertisement

स्विडेनमा विद्यार्थीले गरे दुईजना शिक्षिकाको हत्या !

0 178

Advertisement

०९ चैत, स्टकहोम । स्विडेनको दक्षिणी शहर माल्मोस्थित एउटा विद्यालयमा भएको हिंसात्मक आक्रमणमा ५० वर्ष उमेरका दुईजना शिक्षिकाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

हत्याको आशंकामा सोही विद्यालयका एकजना १८ वर्षीय विद्यार्थीलाई पक्राउ गरिएको छ । स्थानीय सञ्चार माध्यमले आक्रमणमा कुनै बन्दुक तथा विस्फोटक पदार्थ प्रयोग नगरिएको र शिक्षिकाहरूमाथि छुरा प्रहार गरिएको बताएका छन् ।

माल्मो ल्याटिन विद्यालयका दुई शिक्षिकालाई घाइते अवस्थामा तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको थियो । तर चोटको कारण उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो ।

मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनाको सूचना पाएको दस मिनेटभित्रै शंकास्पद व्यक्तिलाई गिरफतार गरिएको जानकारी दिएको थियो ।

प्रहरीले विद्यालयको तेस्रो तलामा घाइते शिक्षिकाहरू नजिकै शंकास्पद व्यक्तिलाई भेटाएको थियो । स्विडेनी न्युज आउटलेट एफटोनब्लाडेटबकाअनुसार पक्राउ परेका ती विद्यार्थीको साथबाट एउटा बन्चरो र छुरा बरामद भएको थियो ।

प्रहरीले उनको विगतमा कुनै अपराधिक अभिलेख नरहेको तथा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ । हत्याको उद्देश्य थाहा हुन सकेको छैन । प्रहरीले आक्रमणकारीको घरमा खानतलासी लिएको तथा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूसँग सोधपुछ गरिँदै गरेको जानकारी दिएको छ ।

माल्मो प्रहरी प्रमुख पेट्रा स्टेनकुलाले नाम नखुलाइएका ती किशोर आफैँले आफूले दई व्यक्तिको हत्या गरेको सूचना प्रहरीलाई दिएको बताएका छन् । घटनाको समयमा विद्यालयमा विद्यार्थी र शिक्षक गरी करिब ६५० जना थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.