Advertisement

एमसीसी : सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी

0 822

Advertisement

०८ चैत्र, काठमाडौँ । एमसीसी परियोजनाअन्तर्गत सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौँले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।

आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब-स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

चार सय केभी रातमाटे सब-स्टेसनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो।

जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगत कट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.