Advertisement

वन डढेलो नियन्त्रणका तथा ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

0 341

Advertisement

०३ चैत, दाङ । डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको सभापतित्व एंव घोराही उपमहागरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहन श्रेष्ठले जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रणका लागि कार्यालयले थालेको तत्कालिन र दिर्घकालिन योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार मूलक कार्याक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा दिने, अग्निरखा निर्माण र मर्मत लगायतका कार्यक्रम गरिने उल्लेख छ । वन डढेलो लगानुहुन्न भन्ने जनचेतनाको अभाव, वनमा च्याउ, जडिवुटी र अन्य पालुवा उमार्नका लागि आगो लगाउनु, चोरी सिकारीका लागि जनावरणलाई छेक्न र वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्न नसक्दा र वन पैदावारको ब्यवस्थापन हुन नसक्दा वन डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक वनमा उपभोक्ता समूहले बैज्ञानिक वन ब्यस्थापन खारेजीका कारण र आफ्नो वनको कार्ययोजना समयमा बन्न नसक्दा वनमा काम गर्न वन सुकेका काठ, पातपतिङ अस्तब्यस्त रुपमा रहने र त्यसको ब्यवस्थापनका लागि काम नगर्दा वन डढेलोको जोखिम बढेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । वन डढेलो नियन्त्रणका लागि जिल्लाका सरोकारवालाहरुसँग आज बिहिवार राखिएको अन्र्तक्रिया कार्यक्रममा दाङका ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइको थियो । पछिल्लो ९ बर्षमा दाङको ६ सय १४ स्थानमा आगलागी हुदा करिव ४३ हजार वन क्षेत्रमा क्षती पुगेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चोधरीको सवैको साझा प्रयासबाट मात्रै वन डढेलो नियन्त्रण सम्भव रहेको भन्दै बहुउपयोगि बन्नै गरेको पोखरी र ताल बनाउने कार्यक्रमलाई कार्यालयले समेत अघी बढाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सवै जना मिलेर वन डढेलो लाग्नै नदिन र लागिहाले त्यसको नियन्त्रणका लागि जुट्नुपर्ने बताउनुभयो ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आगो नियन्त्रणका लागि प्रर्याप्त श्रोत साधनको उपलब्धता नहुनु र आगो लागि हाले त्यसको नियन्त्रण सुरक्षाकर्मीले मात्रै गर्ने हो भन्ने मानसीकताका कारण समस्या देखिएको बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलले धेरै सामुदायिक वन समूहका कार्ययोजना समयमा नबनाइदा उपभोक्ताहरु निस्कृय भएको हुदा वन डढेलो लगायतका कार्य बढेर जाने सम्भावन भएको बताउनुभयो ।

कार्यक्रममा तीन वटै सुरक्षा निकायलाई अग्निी नियन्त्रण सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजिकरण दाङमा वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.