Advertisement

राङखोला र भंगारा फाइनलमा – खेलकुद गतिविधी

0 401

Advertisement

२७ फागुन, काठमाडौं । राङखोला युवा क्लब र भंगारा युवा क्लब दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित ग¥यो । विजेताका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

स्याङजाको सिरुवारीमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा भंगाराले महाशिला युवा क्लबलाई २५–१८, २५–२० र २५–१४ को सोझो सेटमा हरायो । भंगाराका सुदीप गुरुङ र राजकुमार नेपाली ‘म्यान अफ द म्याच’ चुनिए ।
फाइनलमा शुक्रबार हुने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।
त्यसअघि बिहीबारै भएको क्वाटरफाइनलमा खेवाङले आँधीखोलालाई २–१, राङखोलाले प्रगतिशिल युवा क्लबलाई २–०, महाशिलाले दरौ युवा क्लबलाई २–० तथा भंगाराले पञ्चमुल सिरुवारीलाई २–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

पारा तेक्वान्दो टोलीको बिदाइ

डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ ।

इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । सिर्जनको ‘डेब्यु’ प्रतियोगिता केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्स हो । त्यसमा सिर्जनले नेपाललाई रजत पदक दिलाएकी थिइन् । सन् २०१८ मा सिर्जनले पारा तेक्वान्दो खेल्न सुरु गरेकी हुन् ।

प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् । पाराको अन्तर्राष्ट्रिय प्रशिक्षकका रुपमा लामाको पाँचौं प्रतियोगिता हो । विगतका ४ मध्ये ३ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेरपनि चुकेको थियो । यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

प्रशिक्षक लामाले प्रतियोगिताले एसियाली खेलाडीको वरीयता निर्धारण गर्ने बताए । टोली शुक्रबार प्रस्थान गर्दै छ ।

मृगौला दिवसमा फुटबल

शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना ग¥यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा गरेका थिए । त्यसअघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

नवौं राष्ट्रिय खेलकुदको छलफल

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच नवौं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ ।

सो अवसरमा आयोजक प्रदेश भएकाले पनि नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाएका थिए । दुई पक्षबीच पोखरा रंगशालामा फ्लोडलाइट निर्माणलगायतका विषयमा छलफल भएको थियो । छलफलमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

प्रिन्स सम्मानित

ग्लोबल कलेज इन्टरनेसनलले जुनियर विश्व वरीयताका शीर्ष स्थानका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

मेगा बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत रविना देशार श्रेष्ठ, ग्लोबलका प्रिन्सिपल करणसिंह ठगुन्ना, ओलम्पियन तेक्वान्दोका दीपक विष्टले प्रिन्सलाई २५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरे । साथै ग्लोबलमा म्यानेजमेन्ट अध्ययनका लागि प्रिन्सलाई बेचलर्स र मास्टर्समा पूर्ण छात्रवृत्ति प्रदान गरिने पनि जानकारी दिइयो ।

आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ । धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टुहेडमा दुई सय र स्लालममा तीन सय एकसहित उपाधि जितेको हो ।

च्याम्पियनसिपमा नेपाल कायक क्लब दोस्रो र ह्वाइट वाटर नेपालले तेस्रो स्थान हात पा¥यो । कायक क्लबले स्प्रिन्टमा ९२, हेड टु हेडमा एक सय ७२ र स्लालममा तीन सय ५० अंक बटुल्यो । ह्वाइट वाटर नेपालले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ६४ र स्लालममा दुई ७६ अंक बटुल्यो ।

यसैगरी कायक च्याम्पियनसिपमा डम्बरबहादुर पूर्वछानेले पहिलो स्थान हात पारे । यसैगरी मानबहादुर कँडेल दोस्रो र मोहन रानाले तेस्रो स्थान ओगटे ।

नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फको कायक च्याम्पियनसिपमा सुष्मा खडेट पहिलो र सुधा राईले दोस्रो स्थान हात पारे । च्याम्पियनसिपमा दुई महिला खेलाडीले मात्रै सहभागिता जनाएका थिए । यसैगरी कायक स्लालम च्याम्पियनसिपमा मोहन रानाले पहिलो स्थान हात पारे । प्रमोद गुरुङले दोस्रो र सुजन तामाङ तेस्रो भए ।

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुर थापा, नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा

आयोजक न्यु एरा एकेडेमी ‘बी’ सँगै विद्या संस्कार स्कुल समूह विजेता बन्दै न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो । यो समूहबाट किड््स लर्निङ समूह उपविजेता बन्दै अन्तिम नकआउट चरणमा पुग्न सफल भयो । किड्सले स्कलर्समाथि ३–२ को जित निकाल्न सफल भएको थियो ।

समूह ‘एच’ को विजेता बन्ने क्रममा विद्या संस्कारले सिर्जना ज्ञान सागर ‘बी’ लाई ३–१ को गोल अन्तरले तथा ल्यान्डमार्क एकेडेमीलाई ७–० को भारी अन्तरले पराजि ग¥यो । एक खेलमा सफलता हात पारेको सिर्जना समूह उपविजेता बन्यो । सिर्जनाले ल्यान्डमार्कलाई ३–० ले हराउन सफल भएको थियो । यस्तै समूह ‘बी’ बाट सिर्जना ज्ञान सागर ‘ए’ समूह विजेता तथा रोज मेरी आइडल समूह उपविजेता बन्यो । सिर्जनाले रोज मेरीलाई २–० ले तथा एन्जल्स हार्टलाई ५–० ले हरायो । रोजमेरीले एन्जल्सलाई ४–१ हराउँदै समूह उपविजेता बन्यो । समूह ‘ई’ बाट हिम रश्मी हाई स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
योसँगै प्रतियोगिताको नकआउट समिकरण पूरा भएको छ । बुधबार ८ टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाएका थिए । शुक्रबार नकआउटदेखि फाइनल र तेस्रो स्थानको खेल हुने आयोजकले जनाएको छ । तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । बिहीबार लिग चरणका अन्तिम खेल र शुक्रबार फाइनल चरणको खेल हुने आयोजकले जनाएको छ ।

फुल कन्ट्याक्ट कराते भोलि

किसिपिडी बुदोकैदो शाखाको आयोजनामा १६ औं राष्ट्रव्यापी बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

पुरुषमा १० र महिलामा ३ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका प्रमुख वीरकृष्ण महर्जनले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु किसिपिडीमा हुने छ ।

सिन्दिरालाई राष्ट्रभ्यापी बुदिचालको उपाधि

अन्तराष्ट्रिय महिला दिवसको उपल्क्ष्यमा काठमाडौं जिल्ला बुद्घिचाल संघको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्व्यापि बुद्घिचाल प्रतियोगिताको उपाधि सिन्दिरा जोशीले जितेकी छन् । कुल सतरि हजार रुपैया पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरी संगै ६ अंकको साथ उनि विजयि रहिन । त्यसै गरि गोलडेनगेट चेस क्लवकी अनिसा नौपाने ५ जित १ हार र एक बराबरी संगौ ५.५ अंकको साथ दोस्रो रहिन । त्यसै गरी तेस्रो पनि गोलडेनगेट चेस क्लवकी पुनम प्रसईन ५ जित १ हार र १ बराबरी संगै तेस्रो रहिन । समान अंक रहे पनि अनिसाले पुनमलाई तेस्रो चरणको खेलका हराएकी थिईन जसले गर्दा उनि हेड टु हेड ट्याबे्रकामा पछि पारिन ।

खेलाडीहरुलाई बागमति प्रदेशकी स्वस्था राज्यमन्त्री कल्पना नेपालीले बिजयि पुरस्कार वितरन गरिन । राजधानीको बिसालबजरमा रहेको बेन्तो रेस्टुरेन्टमा २४ गते देखि २६ गते सम्म खेल भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.