Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाली कांग्रेसका महामन्त्रीद्वयको भूमिका किन फरक ?

0 313

२४ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामा धेरै समानता छन् । प्रस्ट विचार राख्न सक्ने कौशल छ, वाककलामा निपूर्ण छन् । थापा र शर्मा १४ औँ महाधिवेशनबाट समान कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका छन्। तर शीर्ष नेताहरुको छलफल, पार्टीबाट प्रतिनिधित्व गर्ने बैठकहरुमा गगन मात्रै देखिने गरेका छन् । के विश्वप्रकाश पार्टी भित्र छायाँमा परेका हुन् त भन्ने प्रश्न उब्जिएको छ ।

थापा र शर्मा कांग्रेसले मात्रै होइन देशले आशा गरेका जुझारु युवा नेता हुन् । राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेका बेला कांग्रेस कार्यकारी पदमा दुइ नेताको आगमनलाई धेरैले सकारात्मक रुपमा लिए । दुइ जनाले कसरी काममा समन्वयन गर्छन् भन्ने पनि धेरैको चासोको बिषय बन्यो । पछिल्लो समय खासगरि एमसीसी पारित गर्ने लगायतका राष्ट्रिय मुद्धाका बैठकहरुमा कांग्रेस शीर्ष नेतृत्वबाट प्रतिनिधित्व हुँदा थापाको उपस्थिति देखियो । त्यस्ता बैठकहरुमा बिश्वप्रकाश देखिएनन् ।

विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग बालकोटमै गएर वार्ता गर्नेमा पनि प्रधानमन्त्री देउवासंग थापा पनि हुन्थे । एमसीसी पारित गर्ने मुद्धामा थापाको सक्रियता रहेको राजनीतिक बृत्तमा चर्चा हुन्थ्यो । तर पार्टी केन्द्रीय समिति बैठकहरुमा पालैपालो एजेण्डा राख्ने गरेका दुइ महामन्त्री मध्ये एउटा अत्यधिक क्रियाशील र एउटा छायामा परेको जस्तो भयो भनेर पनि चर्चा भयो ।

Subscribe to our newsletter

संविधान सभाको दुइ कार्यकाल र प्रतिनिधि सभा सदस्यका रुपमा गगनले प्रभावकारी भूमिका निर्वाह गरे । यता बिश्वप्रकाशले पनि सभापति शेरबहादुर देउवाको बिश्वास जितेर अघिल्लो कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हाले । जुन भूमिका बिश्वप्रकाशले कौशलपूर्ण ढंगले निर्वाह गरे । १४ औं महाधिवेशनमा थापा दुइ तिहाइ मत सहित निर्वाचित हुँदा कमजोर गुटबाट उम्मेदावार बनेका शर्मा निर्वाचित भए । काँग्रेसको विधानले भने दुवै महामन्त्रीलाई बराबर हैसियत र अधिकार दिएको छ । पार्टी नेतृत्वले कुनै एक पात्रलाई भविष्यमा राष्ट्रिय राजनीतिमा स्थापित गराउन लागेको हुनसक्ने आशय वरिष्ठ पत्रकार तारानाथ दाहालको बुझाई छ ।

संसदमा महामन्त्री शर्माको उपस्थिति नदेखिँदा पनि उनी छायाँमा परेजस्तो देखिनु स्वभाविक रहेको हुनसक्छ । पार्टी संगठन, केन्द्रीय कार्यालयको काममा लागिरहेको हुनाले महामन्त्री शर्मा त्यस्ता बैठकहरुमा नदेखिएको हुनसक्ने दाहाल बताउँछन् ।

बिगतमा पनि शीर्ष नेतृत्वले चाहेमा आँफू पछिका नेताहरुलाई स्थापित र बिस्थापित गरेको उदाहरण पाइन्छ । राजनीतिमा स्थापित हुन अमूक शक्तिकेन्द्रहरुको पनि अप्रत्यक्ष साथ , सहयोग, समर्थन रहने हुनाले पनि शीर्ष नेतृत्व दबाबमा परेर ब्यक्ति बिशेषलाई महत्व दिनै पर्ने अबस्थामा पुग्ने गर्छ । गगन र बिश्वप्रकाशको भूमिका कम र बेसी देखिएको जस्तो बिषयमा पनि त्यस्तै प्रवृत्तिले काम गरेको हुनसक्ने धेरैको आँकलन छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.