Advertisement

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवारका ६ सदस्य (नामावलीसहित)

0 462

Advertisement

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।

आज मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार

१. प्रचण्ड
२. रेनु दाहाल
३. विना मगर
४. नारायण दाहाल
५. गंगा दाहाल
६. जीवन आचार्य



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.