Advertisement

नेपालमा जथाभावी खनिज निकाल्न नपाइने, ५ वर्ग किलोमिटर क्षेत्रमा मात्रै

0 374

Advertisement

२३ फाल्गुन, काठमाडौं । खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू(गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ। विभागले साधारण खनिजको परिभाषामा निर्माणमुखी खनिजलाई राखेको छ।

विभागका अनुसन्धान अधिकृत वसन्त अधिकारीका अनुसार नुन, पत्थर, कोइलाजस्ता खनिजको खोजतलास अनुमतिको क्षेत्रफल बढीमा पाँच वर्ग किलोमिटर तोकिएको छ ।

यस्तै, मार्बल, ग्रेनाइट र एम्फिबोलाइटको खनिज खोजतलास तथा उत्खनन अनुमति पनि पाँच वर्गकिलोमिटर नै तोकिएको अधिकारी बताउँछन् ।

विभागका अनुसार गेरु, औद्योगिक माटो, सिलिका बालुवा, मट्टी कोइला, साइनाइट क्वार्जाइट, डेकोरेटिभ टुगा खनिजको खोजतलास अनुमतिको क्षेत्रफल बढीमा एक वर्ग किलोमिटर तोकिएको छ।

यो खबर आजको कारोबार दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.