Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा, युवा पुस्ता संग रमाउदै

0 538

Advertisement


२२ फाल्गुन, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागु गरेको सबै प्रकारका स्वास्थ्य मापदण्ड खुला गरेसँगै काठमाडौं को रात्रिकालीन व्यवसाय पुनः सुरु भएको छ ।

काठमाडौँका रात्रिकालीन क्लब, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरुमा मानिसहरुको भीड हुन थालेको छ ।

यसैक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा गएर मनोरञ्जन लिएका छन् । शुक्रबार राति १० बजेतिर उनी छोरी प्रेरणासहित पुगेका थिए । उनले त्यहाँ करिब सवा एक घण्टा समय बिताएका थिए ।

उनी त्यहाँ पुग्दा त्यहाँ सहभागी युवायुवतीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए । राजतन्त्रको पक्षमा नारा लाग्दा पूर्वराजा शाह मुसुमुसु हाँस्दै भिभिआइपी कक्षतर्फ गएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.