नेपाल बैङ्कद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग
२१ फाल्गुन, काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले विभिन्न रिक्त पदहरूमा ठुलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ ।
लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त ३०० बढी सङ्ख्यामा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त मागेको हो ।
बैङ्कले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग गरेको छ । इच्छुक योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।
