Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

0 368

२१ फागुन, काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् ।

गत फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

Subscribe to our newsletter

उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसर जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.