Advertisement

बेइजिङ शीतकालीन ओलम्पिकमा युक्रेनका खेलाडीले जिते स्वर्ण

0 217

Advertisement

२१ फागुन, काठमाडौं । युक्रेनका बायथलन खेलाडीले चीनमा जारी शीतकालीन ओलम्पिकमा पहिलो स्वर्णपदक जित्न सफल भएका छन् । ३३ वर्षीय बायथलिट ग्राइगोली भोभ्चिन्स्कीले उत्कृष्ट प्रदर्शन गर्दै युक्रेनलाई पहिलो स्वर्णपदक दिलाएका हुन् ।

उनका साथीहरु २८ वर्षीया ल्युडमिया लियासेन्को महिला स्प्रिन्ट स्ट्याण्डिङमा र २३ वर्षीय तारास र्‍याडले पुरुष स्प्रिन्ट स्ट्याण्डिङमा पनि एक–एक रजत पदक जितेका छन् । उनीहरु दुबै चीनका खेलाडीहरुसँग पछि परे ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे पनि युक्रेनी खेलाडीहरु प्रतियोगितामा भाग लिन चीनको बेइजिङ गएका थिए ।

रुसी पाराओलम्पिक र बेलारुसलाई भने प्रतिस्पर्धामा प्रतिबन्ध लगाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.