रुसमा हलिउडका फिल्म नचल्ने
१७ फागुन, एजेन्सी । रुसमा हलिउड फिल्महरु प्रदर्शन नहुने भएको छ।
युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर हलिउड स्टुडिओजले रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्।
द वार्नर ब्रोज रुसी सिनेमा हलहरूमा प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ।
सोनी र डिज्नीले पनि चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका छन्।
रुसले बिनाउक्साहट गरेको अतिक्रमण र त्यसले निम्त्याएको मानवीय सङ्कटका कारण पछिल्लो कदम चाल्न बाध्य भएको जनाएको छ।
हलीवुड चलचित्रका लागि रुस एउटा महत्त्वपूर्ण बजार रहिआएको छ।