Advertisement

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै

0 319

Advertisement

०६ फागुन, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ संस्करण हो ।

पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेल सुन्दरखाली खेल मैदान र निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । मेयर कप विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । उपमेयर कप विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास रहेको नगरउपप्रमुख मीना चन्दले बताउनुभयोे ।

यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई नौ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.