Advertisement

प्रणय दिवसमा वर्षालाई ‘माया लाईदेउन’ भन्दै पल

0 630

Advertisement

०२ फागुन, काठमाडौँ । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आउनुभएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गर्नुभएको छ ।

प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ । गायक लामिछानेकै शब्द रहेको गीतलाई चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ ले सङ्गीत संयोजन गर्नुभएको हो । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गर्नुभएको छ ।

भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ । पबी भट्टराई निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.