Advertisement

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ गोकर्णेश्वर नगरपालिका वडा ५ इकाईको कार्यालय उद्घाटन

0 559

Advertisement

२९ माघ, काठमाडौ। नेपाल सरकारले आउदो २०७९ बैशाख ३० गते एकैचरणमा स्थानीय निर्वाचनको मिति घोषणगरे संगै देशभरीका स्थानीय स्तरमा राजनैतिक क्रियाकलापको गर्मी बढ्दो छ । राजनैतिक दलहरु चुनावी रणनिति तथा चुनावी क्रियाकलापमा सक्रिय दखिन्छन् ।

यही सन्दर्भमा काठमाडौं स्थित नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. ३ गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को इकाई कार्यालय उद्घाटन गरेको छ। साथै यसै कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान र चियापान कार्यक्रम सम्पन्न भएको आयोजकले बताउनुभयो ।


कार्यक्रममा प्रमुख आतिथ्यता पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले गर्नु भएको थियो भनें सभापतित्व नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ गोकर्णेश्वर नगरपालिका वडा नं. ५ इकाईको सभापति शेखर सुवेदीले गर्नु भएको थियो ।


कार्यक्रममा नेपाली कांग्रेस वागमति प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काठमाडौं क्षेत्र नं. ३ का सभापति सन्तोष चालिसे, वागमति प्रदेशका सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, काठमाडौं क्षेत्र नं.३ प्रदेश (क) का सभापति श्रीराम चालिसे (राज),काठमाडौं क्षेत्र नं.३ प्रदेश (ख) का सभापति बिमल ठकुरी , नेपाली कांग्रेस वागमति प्रदेश सदस्य गिता सिम्खडा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि,जिल्ला सदस्य , इकाई सभापति, क्रियाशिल सदस्यहरु लगायतका उल्लेख्य उपस्थिती रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.