Advertisement

क्यानडाको राजधानीमा संकटकाल घोषणा

0 276

Advertisement

२५ माघ, एजेन्सी । क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ। ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो।

कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने लगायत कतिपय प्रतिवन्धात्मक व्यवस्थाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन्। ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको बताएका छन्।

आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायत क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दावी गरेका छन्। चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको समाचारहरुमा उल्लेख छ। ट्रक चालकको आन्दोलनका कारण कतिपय आपतकालिन सेवासमेत अवरुद्ध भएको जनाइएको छ।

संकटकालको नियम नमान्ने र अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानुनी कारबाही गर्ने चेतावनीसमेत नगरप्रमुख जीम वाट्सनले दिएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.