Advertisement

कमल थापाले छाडे राप्रपा, ३१ वर्षकाे सम्बन्ध अन्त्य भएकाे घाेषणा

0 334

Advertisement

२५ माघ, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।

पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु ।’ पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् । उनले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनुपर्दा मन भारी र पीडाबोध समेत भएको बताए ।आजै उनले एक विज्ञप्ति समेत जारी गरेर पार्टी परित्याग गरेको पुष्टि गरेका हुन् ।

पार्टीभित्र देखिएको सैद्धान्तिक विचलन र खराब प्रवृत्तिलाई सुधार गरेर जाने आफ्नो चाहना भए पनि त्यसको सुनुवाइ नभएकाले अलग हुनुपरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि थापा पराजित भएका थिए । थापाले अब अलग्गै नयाँ पार्टी खोल्ने तयारी गरिरहेको समेत बताइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.