Advertisement

भृकुटीमण्डपभित्र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही हुन्छः मन्त्री रेग्मी

0 185

Advertisement

२५ माघ, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् । भृकुटीमण्डपभित्र व्यवासाय रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरूको अनुगमन गरेकी हुन् ।

त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन् । मन्त्री रेग्मीले सञ्चारकर्मीहरु माझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन् । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ ।

त्यसकारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ । उहाँहरुले पनि सहयोग गर्नुप¥यो । र यसलाई म व्यवस्थित गर्न चाहन्छु । धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्ने लगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै । अनियमितता गरेर बसेका छन भने कारबाहीको दायरामा आउनु पर्छ ।’

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियहरुले गरिरहेको उल्लेख गर्दै अव सोझै समाज कल्याण परिषदले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताइन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.