Advertisement

६० हजार विद्यार्थीलाई पूर्ण खोप

0 183

Advertisement

२४ माघ, महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कँुवरले अझै विद्यालयहरुमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो । “सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौँ”, कुवँरले भन्नुभयो, “केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।”

त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके”, उहाँले भन्नुभयो, “भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।”

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म २०८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.