Advertisement

क्रिकेट खेलले नै मलाई चिनाएको छ, आज म जे छु क्रिकेटकै देन हो : शुशिल चौगाई

0 280

Advertisement

श्यामल कुमार गिरी

२४ माघ, बारा ।
कलैया क्रिकेट क्लबको संस्थापक अध्यक्ष एवं बारामा क्रिकेटको जन्मदाताको रुपमा चिनिने शुशिल चौगाईले आफुलाई क्रिकेट खेलले नै चिनाएको र आज म जे छु क्रिकेटकै देन हो भनि बताएका छन l शुशिल चौगाई साबिक कलैया उपमहानगरपालिकाको पुर्व मेयर, बारा उधोग बाणिज्य संघको पुर्व अध्यक्ष, कलैया क्रिकेट क्लबको संस्थापक अध्यक्ष समेत रहेको व्यक्ति हुन् l

खेलाडीहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रम एवं भोज कार्यक्रमको आयोजना समेत गरि चौगाईले कलैया क्रिकेट क्लबमा अमेरिका बाट ल्याएका क्रिकेट किट सहित कलैयाका महिला तथा पुरुष तर्फ का क्रिकेट खेलाडीहरुलाई जनही दुई हजार पाँच सय नगद प्रोत्साहन स्वरुप बितरण गरेका छन l साथै खेलाडीहरुको खेलमा कमि हुन् नदिनको लागि चौगाईले आफ्नो व्यक्तिगत तर्फ बाट नेट खरिद गर्नको लागि नगद एक लाख रुपैया समेत क्लबमा हस्तान्तरण गरेका छन l

मलाई कसैले चिन्ह्दैन थियो तर जब देखि क्रिकेट खेलमा लागे, क्रिकेटले मलाई सबै पहिचान दियो र म आज जे छु त्यो क्रिकेट कै देन हो भनि चौगाईले बताए l धेरै व्यक्तिहरु भन्छन कि क्रिकेटले के दियो ? तर म भन्छु कि बारामा क्रिकेटले बिनोद दास दियो, कनिष चौगाई दियो, पवन अग्रवाल दियो, भनि चौगाईले बताएका छन l

बाराका क्रिकेट खेलाडीहरुले शुशिल चौगाईलाई सम्मान स्वरुप खादा र नेपाली टोपी लगाई मायाको चिनो प्रदान गरेका छन l क्रिकेट खेलको बिकासको लागि आफु संग सम्भव हर किसिमको सहयोग गर्न सधैं तयार रहेको समेत चौगाईले बताए l शुशिल चौगाईले केहि पुराना यादहरु सुनाई र खेलाडीहरुको बिकासको लागि प्रेरणादायक कुराहरु समेत राखे l



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.