Advertisement

क्रिप्टोकरेन्सी चोरीबाट उत्तर कोरियाले गरिरहेको छ क्षेप्यास्त्रमा खर्च – राष्ट्रसंघ

0 259

Advertisement

२४ माघ, एजेन्सी । उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौं डलर मूल्यका क्रिप्टोकरेन्सी चोरी गरेको र उक्त पैसा देशको मिसाइल कार्यक्रममा प्रयोग गरेको दाबी गरिएको छ। संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा यस्तो दाबी गरेको हो।

आफ्नो क्षेप्यास्त्र कार्यक्रमको खर्च जुटाउनका लागि सन् २०२० र सन् २०२१ को मध्यसम्ममा साइबर हमलाबाट उत्तर कोरियाले पाँच करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरेको अनुसन्धानकर्ताले दाबी गरेका छन्।

प्रतिवेदनमा साइबर हमला प्योङ्याङको आणविक क्षेप्यास्त्र कार्यक्रमका लागि ‘महत्त्वपूर्ण आर्थिक स्रोत’ भएको जनाइएको छ।
सो प्रतिवेदन शुक्रवार संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धसम्बन्धी समितिलाई बुझाइएको बताइएको छ।

ती साइबर हमलाका निशाना उत्तर अमेरिका, युरोप र एशियाका कम्तीमा तीन वटा क्रिप्टोकरेन्सी बजार रहेको बताइएको छ।
उक्त प्रतिवेदनले गत महिना एउटा सुरक्षा कम्पनी चेनालिसिसले प्रकाशन गरेको अध्ययनलाई समेत उद्धृत गरेको छ।

सो अध्ययनले साइबर हमलाहरूबाट गत वर्ष मात्रै उत्तर कोरियाले ४० करोड डलरसम्म डिजिटल मुद्रा चोर्ने प्रयास भएको जनाएको छ। सन् २०१९ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले दुई अर्ब अमेरिकी डलर साइबर हमलामार्फत आम विनाशकारी कार्यक्रमका लागि जम्मा पारेको अनुमान गरेको थियो।

आफ्ना आणविक कार्यक्रमका कारण प्योङ्याङमाथि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छ जसले उसलाई अन्य देशसँग व्यापार गर्ने अवसर साँघुरो पारिदिएको छ। तर राष्ट्रसङ्घीय प्रतिवेदनले कडा प्रतिबन्धका बीच पनि उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र पूर्वाधार विकासको काम जारी राख्न सकेको जनाइएको छ।

उसले विदेशमा सामग्री, प्रविधि र ज्ञान खोज्ने काम समेत निरन्तर जारी राखेको जनाएको छ। जसका लागि साइबर उपाय र संयुक्त वैज्ञानिक अनुसन्धान गर्नेसम्म छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.