Advertisement

युद्ध होइन शान्ति कायम होस् : मानव अधिकार तथा शान्ति समाज

0 408

Advertisement

२४ माघ, काठमाडौं । युद्ध होइन शान्ति कायम होस् भन्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण धर्ना गरेको छ ।

हाल चालिरहेको रुस युक्रेन युद्धको संभावना खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले आज बिहान जोरपाटी चोकमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको काठमाडौ शाखा सभापति भगवान पुडासैनीले बताउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा अध्यक्षहरु नारायण सुबेदी, रमेश अर्याल र मनोज ढुंगानाले रुस र युक्रेनबिच युद्धको तनाव कम गर्न बिश्व समुदायले पहल गर्नु पर्ने धारण राख्नु भएको थियो । भने शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले पनि शान्तिको पक्षमा बोल्नुभयो ।

कार्यक्रममा काठमाडौ शाखा सभापति भगवान पुडासैनीले स्वागत मन्तव्य र केन्द्रीय कोषाध्यक्ष जगन्नाथ पुडासैनी कार्यक्रमको समापन गर्नु भएको थियो ।

काठमाडौ जिल्ला सचिव प्रमोद फुयालले कार्यक्रम सन्चालन गर्नु भएको हो । कार्यक्रममा निबर्तमान केन्द्रीय सभापति उत्तम पुडासैनी, केन्द्रिय सचीव नम्रता खरेल, काठमाडौ जिल्लाका निबर्तमान सभापति ईश्वर पुडासैनी लगायत केन्द्रीय सदस्यहरु र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामाजिक अभियन्ताहरुले विभिन्न प्ले कार्डहरु बोकेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.