Advertisement

पहिचानको संरक्षणका लागि सामूहिक रुपमा मनाए ल्होछार पर्व

0 256

Advertisement

२० माघ, बनेपा । बखुण्डोल बुद्धपार्क निर्माण उपभोक्ता समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधवार सामूहिक रुपमा सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी धुमधामका साथ मनाएका छन् ।

माघ शुक्ल प्रतिपदाका दिन मनाउने यो पर्व यहाँ बसोबास गर्ने तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाएको हो । ल्होछार’ अर्थात् नयाँ वर्षको अवसरमा झाँक्री विधिअनुसार यो कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष सत्यमान लामाले बताउनुभयो ।

“हामीले लामा र झाँक्री विधिबाट पुरानो गाई वर्षलाई बिदाई गरी आजबाट सुरु भएको नयाँ (बाघ) वर्षलाई स्वागतसहित कार्यक्रम आयोजना गरेका हौं”, उहाँले भन्नुभयो, “नयाँ वर्षलाई स्वागत गर्दा यो वर्षभरि मुलुकमा सुख, शान्ति र समृद्धि फलियोस् भन्ने कामना गर्दै आजबाट बाघ वर्षलाई स्वागत गरेका हौं ।”

धुलिखेल नगरपालिका–४ का वीरबहादुर लामाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परा कसरी मनाउनुपर्छ भन्ने संस्कार सिकाउनका लागि आयोजना गरेको ल्होछार कार्यक्रम उदाहरणीय भएको बताउनुभयो ।

“कतिपयलाई अझै पनि ल्होछार मनाउँदै आएको कतिऔँ वर्ष भयो भनेर समेत थाहा छैन, त्यसको जानकारी दिन पनि यसखालको सामूहिक कार्यक्रमले विधिसहितको संस्कार सिकाउने थलो बनेको छ”, उहाँले भन्नुभयो, “भावि सन्ततिलाई जानकारी दिलाउनका लागि पनि यसखाले सामूहिक तरिकाले मनाउने ल्होछार कार्यक्रमको आवश्यक छ ।”

तेमाल गाउँपालिका–८ का जय सिं तामाङले ल्होछार नयाँ वर्षको पर्वको रुपमा भव्यताका साथ मनाउने हुँदा अहिले दिदैं आएको एक दिनको बिदालाई बढाउन सरकारसँग आग्रह गर्नुभयो । बखुण्डोल बुद्धपार्क निर्माण उपभोक्ता समितिले ल्होछार कार्यक्रमको आयोजना गरेपछि स्थानीय बासिन्दाले समेत सहभागिता जनाएर संस्कार र संस्कृतिको बारेमा बुझ्न र प्रत्यक्ष हेरेर जान्न पाउने अवसर मिलेको उहाँको भनाइ छ ।

तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोक जिल्लामा रोशी, तेमाल र खानीखोला गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाले १८, १९ र २० गते गरी तीन दिन सार्वजनिक बिदा दिएको छ, भने चौरीदेउराली गाउँपालिकाले १८ र १९ गते दुई दिन सार्वजनिक बिदा दिएको छ । त्यस्तै महाभारत गाउँपालिकाले १९ र २० गते गरी दुई दिन सार्वजनिक बिदा दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.