Advertisement

नायब सुब्बा राजिव कुमार यादवलाईगाउँपालिकाले दुई दिन भित्र सत्य तथ्य पेश गर्नुपर्ने जनाएको छ

0 375

Advertisement

नायब सुब्बा राजिव कुमार यादव

श्यामल कुमार गिरी

१८माघ बारा ।
बाराको देवताल गाउँपालिकामा कार्यरत नायब सुब्बा राजिव कुमार यादवलाई पांचौ तहमा भएको बढुवा सम्बन्धमा गाउँपालिकाले दुई दिन भित्र सत्य तथ्य पेश गर्नुपर्ने जनाएको छ । गाउँपालिकाको नायब सुब्बा राजिव कुमार यादवले माघ १६ गते तलब बिवरण प्रमाणित गर्न मांग गरेपछि उनको नियुक्ति सम्बन्धी छानबिन शुरु गरीएको छ। तत्कालीन जिल्ला बिकास समितिको कार्यलय बाट दुई दुई पटक थप दुई ग्रेड बापतको सेवा सुबिधा लिइएको साथै सहायक तेस्रो तहबाट संवत् चौथो तहमा बढुवा भएको देखिन्छ ।

नायब सुब्बा यादव पुन : मिति २०६९ बैशाख ७ गते बढुवामा सिफारिस भएकोमा झण्डै १ बर्ष ४ महिना पछि मिति २०७० साउन २९ गते बढुवा नियुक्ति लिईएको प्रती शंका देखिएपछि नायब सुब्बा यादवको नियुक्ति प्रक्रिया माथी छानबिन शुरु गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनु भयो ।तत्कालीन जिल्ला बिकास समितिको कार्यालय कलैया बाराको चलानि नम्बर १११०/ २०५८/०५९ मिति २०५८ साल पौष १५ गतेको पत्रबाट स्थायी नियुक्ति भएको साबिक पिपरपाती जब्दी वडा नं ९ बस्ने राजिव कुमार यादवलाई नियुक्ति गरीएको थियो। यादवलाई प्रशासन अनुदान तर्फ सहायक स्तर तेस्रो तह ( मुखिया सरह , प्रशासन ) पदमा नियुक्त गरीएको थियो। साथै पत्र सँख्या २०६२/०६३ को चलानि नम्बर ३६२० बाट स्वत: सहायक चौथो ( खरिदार , प्रशासन ) तहमा बढुवा भएका थिए।

त्यस्तै जिल्ला बिकास समिति कलैया बाराको पत्र सँख्या २०६४/०६५ को चलानि नम्बर २६ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेको बापत प्रोत्साहन स्वरुप २ ( दुई ) ग्रेड मिति २०६५ साल श्रावण १ गते देखि लागु हुने बृद्धि गरीएको थियो। साथै पत्र सँख्या २०६८/ ०६९ को चलानि नम्बर ९९ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेको बापत प्रोत्साहन स्वरुप २ ( दुई ) ग्रेड मिति २०६८ साल श्रावण १ गते देखि लागु हुने बृद्धि गरीएको थियो।

फेरी स्थानिय स्वायत शासन नियमावली २०५६ ( सँसोधन सहित ) को नियम २२५ ( १ ) बमोजिम यादवलाई अनुदान तर्फ मिति २०६९ साल जेष्ट ११ देखि नै लागु हुनेगरी पद नायव सुब्बा पाचौ सेवा प्रशासन समुह / उपसमुह सा.प्र. मा बढुवा नियुक्ति गरीएको थियो। तर यादवले मिति २०७० साल श्रावण २९ गते आफ्नो बढुवा नियुक्ति पत्र बुझेकोले शँका उत्पन्न भएको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताएका छन्।

देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहले प्रोत्साहन स्वरुप ग्रेड वृद्धि गर्ने नेपालको नियम कानुनमा नभएकोले यादवको नियुक्ति सम्बन्धी लगायत शैक्षिक योग्यता समेत छानबिन गर्ने बताएका छन।

देवताल गाउँपालिकाको वडा नं ५ को सचिव पाचौ स्तरको नायब सुब्बा राजिव कुमार यादवसँग प्रतिक्रिया लिंदा जिल्ला बिकास समिति हुदाँ आफु त्यो अनुसारको प्रोत्साहन स्वरुप बृद्धि भएको तलब स्केल खाईपाई आएको तर जब देखि नेपालमा सँघियता लागु भएको हो। नेपाल सरकारको नियम कानुन भन्दा आफु बाहिर नभएकोले नेपाल सरकारको नियम कानुन बमोजिम नै तलब खाईपाई आईरहेको बताएका छन्।

देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहले नायब सुब्बा यादवको दुई दुई पटक थप ग्रेड र बढुवा सिफारिस भएको झण्डै १ बर्ष पछि नियुक्ति लिइएको बिषय नै रहस्यमय रहेको बताए । त्यसैले नायब सुब्बा यादवलाई दुई दिन भित्र सत्य तथ्य बिवरण गाउँपालिकाको कार्यलयमा पेश गर्न जानकारी गराईएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.