Advertisement

काठमाडौं उपत्यकामा थपिए १ हजार ७२२ संक्रमित

0 236

Advertisement

१७ माघ, काठमाडाै । काठमाडौं उपत्यकामा एक हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप एक हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा एक हजार ३६१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, ललितपुर जिल्लामा २७१ र भक्तपुर जिल्लामा ९० संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर भने ५ हजार २९२ जना संक्रमित थपिएका छन्।

यस्तै, गत २४ घण्टाको अवधिमा ८ हजार १९१ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा ८ संक्रमितको मृत्यु भएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.