१६ माघ, काठमाडौं । मिति २०७८ साल माघ १६ गते आइतबार माघकृष्ण त्रयोदशि तिथि अपरान्ह : ३ / ४४ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथि आरम्भ हुने भएकोले यो दिन सहिद दिवस भएकोले सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो शहीद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा बिसं १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो। वि.स. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे। १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।पछिल्ला दिनहरुमा सामान्य कारणले ज्यान गुमाएका व्यक्तिहरुलाई पनि शहिद घोषणा गर्न थालिएपछि नागरिक स्तरबाट चर्को आलोचना हुँदै आएको छ । खासगरी २०६३ सालमा सम्पन्न दोश्रो जनआन्दोलनपछि बनेका सरकारले विभिन्न खालका घटनामा मरेका व्यक्तिहरुलाई पनि राजनितिक कारण जोड्दै शहिद घोषणा गर्दै आएकाछन् । यसले वास्तविक शहिदको अपमान र अवमूल्यन भएको गुनासो बढ्दै गएको छ ।
जिउँदा शहीदहरू
नेपालमा केही राजनैतिक परिवर्तनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरूलाई जिउँदा शहीद भनेर घोषणा गरिने प्रचलन रहेको छ। नेपालमा सबभन्दा पहिला नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ।
पं- बालमुकुन्द देवकोटा