सर्वोत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सम्पन्न, के के भयो निर्णय? 

0 403

१४ माघ, काठमाडाैँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत मा सम्पन्न भएको छ। साधारण सभामा विभिन्न महत्त्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको छ।

साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस्लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता शेयर निष्काशन बुक विल्डिङ विधिबाट गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

साथै, धादिङको रोराङ गाँउपालिकास्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन्‌का लागि १५ करोड एक लाखमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.