Advertisement

मन्त्री यादवलाई बर्खास्त गरी कानूनी कारबाही गरियोस् : रञ्जीत कर्ण

0 408

Advertisement

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

मंगलबार प्रेसनोट जारी गर्दै नेता कर्णले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेकाले बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

‘जनता समाजवादी पार्टी नेतृ तथा मन्त्री यादवको अभिव्यक्ति भत्सर्नायोग्य र खेदजनक छ, त्यसैले निजमाथि पक्राउ गरी अनुसन्धान प्रक्रिया थाल्न म प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष अनुरोध गर्दछु,’ कर्णले भनेका छन् ।

मन्त्रीको जिम्मेवारीमा रहँदा पालना गर्नुपर्ने सामान्य मर्यादा पालना नगरेको टिप्पणी गर्दै संविधानसभा सदस्य कर्णले मन्त्री पदमा बसेर लोकतान्त्रिक व्यवहार प्रस्तुत गर्न यादवलाई चेतावनी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले माघ ५ गते बुधबार रौतहटमा आयोजित कार्यक्रममा २०६३ चैत ७ मा भएको गौर नरसंहारकाण्डको दोहोर्‍याउने धम्की दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको हत्या हुन सक्ने अभिव्यक्ति दिएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.