राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा बिरोध प्रदर्सन
श्यामल कुमार गिरी
१२ माघ बारा । बाराको कलैया उपमहानगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा मसाल सहित बिरोध प्रदर्सन गरेकोछ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले बारा सदरमुकाम कलैयामा मसाल सहित विराेद प्रदर्शन गरेको छ।
जब सम्म नेपाल सरकारले मन्त्री रेणु यादवलाइ बर्खास्त गर्दैन तब सम्म हाम्रो आन्दोलन जारी रहने राष्ट्रिय युवा संघ बारा जिल्ला अध्यक्ष पुरुषाेतम साहले आफनो मन्तव्य राखे भने शशी दासले डिजिटल खबरलाई जानकारी गराए।
बिरोध तथा मसाल जुलुसको कार्यक्रमको अगुवाइ राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला अध्यक्ष पुरुषाेतम साहले गरेका थिए।