Advertisement

चुनाबको तयारी सम्पन्न

0 447

Advertisement

११ माघ, हेटौँडा । राष्ट्रियसभा चुनावको लागि यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ ।

सो चुनावमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रियसभा चुनावमा पनि गठबन्धन बनाएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना उम्मेदवार अघि सारेको छ ।

कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यमापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै राष्ट्रियसभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.