Advertisement

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

0 387

Advertisement

११ माघ, काठमाडौँ । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका कारण स्थगित गरिएको हो ।

‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको केन्द्रका प्रमुख डा एरिसा पौडेलले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि उक्त कार्यक्रम स्थगित गरिएको बताउनुभयो । टोखाले नगरपालिकामा रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै रु ३० लाख बजेटसमेत विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.