Advertisement

धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, असई मनोज पोखरेल घाइते

0 356

Advertisement

०५ माघ, धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा लुटेराको एक समुहले प्रहरीमाथि आक्रमण गरेको छ । सो गाउँपालिकाको वडा नम्बर ४ मा मंगलवार राति लुटेरा समूहले प्रहरी चौकीका असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् ।

लुटेराको आक्रमणबाट असई पोखरेल घाइते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घाइते असइको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भने उनको टाउकामा १२ वटा टाँका लागेको उनले बताए ।

ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । सो घटना बारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरुलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि एक्कासी आक्रमण भएको थियो ।

लुटपाट गर्नेहरुलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक रजौरले बताए । उनले घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजिवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेशरवि दास रहेका छन् । पक्राउ परेकाहरुबाट थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.