Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भतभती पोल्छ’ सामाजिक सन्देश बोकेको म्युजिक भिडियो सार्वजनिक

0 385

०५ माघ, काठमाडौँ । सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।

यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको गीतमा शब्द छ ।

दीप घतानीले सङ्गीतवद्ध गरेको गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन् । भिडियोमा पल शाह र प्रियाना आचार्यको जीवन्त अभिनय हेर्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत् सार्वजनिक गरिएको हो ।

कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्ने सन्देशका साथ म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले जानकारी दिए ।

यस्तो छ भिडियो हेनुहोस्

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.