Advertisement

१२ माघमा कोरोना उच्च बिन्दुमा पुग्ने प्रक्षेपण

0 179

Advertisement

०५ माघ, काठमाडौं । कोरोना संक्रमण मंगलबार अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा परीक्षण गर्ने २२ हजार आठ सय २८ मध्ये १० हजार दुई सय ५८ जनामा संक्रमण देखिएको छ । यो क्रम अर्को साता अझै बढेर उच्च बिन्दुमा पुग्ने स्वास्थ्य मन्त्रालयकै प्रक्षेपण छ । यसअघि २८ वैशाखमा एकैदिन सबैभन्दा धेरै नौ हजार ती सय १७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको संक्रमण २६ जनवरी अर्थात् १२ माघमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । दैनिक वृद्धि भएको संक्रमण, अन्य देशहरूको संक्रमण अवस्था, परीक्षणलगायत विभिन्न प्राविधिक विषयलाई आधार मानेर मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो ।

मन्त्रालयको प्रक्षेपणअनुसार २२ देखि २९ जनवरी अर्थात् ८ देखि १५ माघसम्म नेपालमा धेरै संक्रमण देखिनेछ । १२ माघमा सबैभन्दा धेरै १९ हजार ६ सय ९५ जनामा संक्रमण पुष्टि हुने र तीन सय ९४ जनालाई क्रिटिकल केयरको आवश्यकता पर्ने अनुमान छ । मन्त्रालयले तेस्रो लहरमा नौ हजार दुई सय ७० जना अस्पताल भर्ना हुने र हजारभन्दा बढीमा जटिल प्रकारको संक्रमण देखिने प्रक्षेपण पनि गरेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजारवरिपरि पुग्न सक्ने बताए । संक्रमण बढ्दा अस्पतालमा भर्ना हुने दर पनि स्वतः बढ्ने उनको भनाइ छ । फागुनको पहिलो सातापछि भने संक्रमण घट्न थाल्ने मन्त्रालयले जनाएको छ ।

नयाँ पत्रिका



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.