Advertisement

‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन्’

0 140

Advertisement

०४ माघ, झापा । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् ।

जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् । स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भनेर चिन्तामा हुनुहुन्छ ।

जङ्गली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताउनुभयो । “सुत्न पाएका छैनौंँ, बालीको संरक्षण गर्न धौ धौ परेको छ”, उहाँले रुँदै भन्नुभयो, “बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ । कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो ।” गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नु बाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जङ्गली हात्तीले दुःख दिइरहेको बताउनुभयो । विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धरै अन्नबालीमा क्षति पुगेको उहाँको भनाइ छ ।

सीमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्न भने समस्या भएको मास्केको भनाइ छ । हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए । तर हात्तीले हुर्कनै नदिई गुभो नै खाइदिएका कारण सबै सखाप भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.