सुनको भाउमा सामाय वृद्धि, कतिमा हुँदैछ काराेबार ?
०४ माघ, काठमाडाैँ । सुनको भाउ मंगलबार नेपाली बजारमा सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबारको तुदलनामा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढको हो । चाँदीको भाउ भने आज स्थीर रहेको छ ।
मंगलबारको लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार २५५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८९ डलर आसपासमा कारोबार भइरहेको छ ।