Advertisement

गाउँपालिकाद्वारा कृषकलाई दूधमा अनुदान

0 209

Advertisement

०४ माघ, कास्की । माछापुच्छ«े गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि रु १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र रहेका छवटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ । उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेर सहकारीमा बिक्री गरेका आधारमा दूधमा अनुदान पाउनेछन् । जसले धेरै उत्पादन गर्न सक्छ, उसैले बढी अनुदान पाउनेछ ।”

अनुदान वितरण गर्नका लागि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको र छनोट गरिएकाले वितरण तत्कालै सुरु गरिने पौडेलले बताउनुभयो । सहकारी संस्थाबाहेक आफैँ बजार खोजेर दूध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने सो अनुदान पाउने छैनन् । सहकारीमा बिक्रीका आधारमा मात्र अनुदान दिने नीति गाउँपालिकाको छ । शाखा प्रमुख पौडेलले भन्नुभयो, “सहकारीमा बिक्री गरेको रेकर्डका आधारमा चौमासिकरूपमा अनुदान कृषकलाई उपलब्ध गराउने छौँ ।”

उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेशाप्रति हौसला बढ्ने र थप उत्पादनमा केन्द्रित हुने हुँदा व्यावसायिक उत्पादनको विकास हुने विश्वास गाउँपालिकाको छ । माछापुच्छ«े गाउँपालिका जिल्लामै दूध उत्पादनमा अग्रणी स्थानमा छ । नौ वडा रहेकामा यहाँका अधिकांश वडामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको बताइन्छ ।

मुख्यगरी वडा नं ३ घाचोक, वडा नं ४ लाहाचोक र वडा नं ६ को धितालमा दूध उत्पादन बढी हुने गरेको छ । गाउँपालिकामा सहकारीमार्फत दैनिक छ हजार लिटर दूध बिक्री हुने शाखाको तथ्याङ्क छ । यसैगरी निजी फार्मको पाँच हजार गरी दैनिक ११ हजार लिटर दूध बिक्री हुने गरेको बताइन्छ । हालसम्म गाउँपालिकामा २८० कृषि र पशु फार्म दर्ता छन् ।

गाउँपालिकाले चालु आव पशु सेवातर्फ यान्त्रिकीकरण कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा घाँस काट्ने मेसिन कृषकलाई उपलब्ध गराउने भएको छ । यसका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । यसैगरी पशु रोग नियन्त्रण र स्वास्थ्य शिविर तथा औषधि खरिद गरी कृषकलाई निःशुल्क वितरण गर्न रु १० लाख बजेटबाट औषधि खरिद प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । यसै वर्षमा गाईको बाँझोपन निवारणका लागि शिविर सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.