Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मूल्यवृद्धिले अलैँचीखेती गर्ने किसानलाई राहत

0 133

०३ माघ, भोजपुर । यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिनुभयो ।

अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन रु ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’’

वर्सेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको उहाँको भनाइ छ । ‘‘ गतवर्ष जस्तो उत्पादन भएन । वर्सेनी मूल्य कमी हँुदै जाँदा विस्तारमा पनि धेरै साथीले कमी गरेका छन् । गत वर्षको सुख्खा खडेरीले पनि क्षति पु¥यायो”, विष्टले भन्नुभयो । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएको बताएका छन् ।

ठेकेदारले घरबाट नै प्रति केजी एक हजारमा अलैँची लैजाने गरेको किसान जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘अलैँचीबाट सात÷आठवर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैँची लगाएको थिए । गत वर्षसम्म मूल्य घटिरहँदा निकै निराश बनेका थिए । यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ ।’’

राईले तीन वटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैँची लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ विगतका वर्षदेखि नै विभिन्न सरकारी कार्यालयबाट हामीले सहयोग पाउदै आएका छौँ । जसबाट केही न केही रुपमा खेती विस्तार गर्नै प¥यो । तर मूल्यमा गिरावट आउदा समस्या थपिँदै गएको थियो । यस वर्ष भने केही सहज भएको छ ।’’

किसानको हकहितको लागि काम गरिरहेको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँले खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।

अध्यक्ष प्रधानले यसवर्ष मूल्य बढेपनि अलैँचीको उत्पादनमा भने कमि आएको बताउनुभयो । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको बताउनुभयो । ‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यसवर्ष खास राम्रो भएन ।’’ अध्यक्ष प्रधानले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यसवर्ष भोजपुरमा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा अहिले ७१९ हेक्टर क्षेत्र अलैंची खेती योग्य जमिन रहेको भए पनि ५९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजारसम्मा अलैंची बिक्री गरेका छन् । जिल्लामा अलैँचीको विस्तारको लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वटा वडामा अलैँची जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही , जिर्मले जातको अलँैचीखेती हुने गरेको छ । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङथर्पु, तिम्मा हेलौछा ,गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुनेगर्दछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.