Advertisement

र्यान्समवेयर आक्रमण गर्ने ह्याकिङ्ग समूह रेभिल माथि रुसको कारबाही

0 306

Advertisement

०१ माघ, रुस । रुसका अधिकारीहरूले र्यान्समवेयर अपराध समूह रेभिल (REvil) लाई भत्काएका छन् र यसका धेरै सदस्यहरूलाई आरोपित गरेका छन्।

संयुक्त राज्य अमेरिकाले र्यान्समवेयर आक्रमण पछाडि रहेका गिरोह सदस्यहरुको जानकारी दिनेहरुका लागी १ करोड डलरसम्मको इनाम प्रस्ताव गरेको थियो।

रुसको गुप्तचर ब्यूरो एफएसबीले हालै उक्त समूहको “अस्तित्व समाप्त भएको” बताएको छ। तर, यो गिरोहका कुनै पनि रुसी सदस्यलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गरिने छैन।

एजेन्सीले अमेरिकाले रिभिल गिरोहको बारेमा जानकारी दिएपछि कारबाही गरेको बताएको बीबीसीले उल्लेख गरेको छ।

युक्रेनलाई लिएर दुई देशबीचको उच्च तनावको समयमा यो अमेरिका-रुस सहयोगको दुर्लभ स्पष्ट प्रदर्शन थियो। युक्रेनले सरकारी वेबसाइटहरू बन्द गर्ने ठूलो साइबर आक्रमणको प्रतिक्रिया दिँदै गर्दा यो घोषणा आएको हो यद्यपि घटनाहरू सम्बन्धित थिए भन्ने कुनै संकेत थिएन।

रुसी सरकारी समाचार सेवा टासका अनुसार, रेभिलले “दुर्भावनापूर्ण सफ्टवेयरको विकास गर्यो” र “विदेशी नागरिकहरूको बैंक खाताबाट पैसा चोरीको आयोजना गर्यो”।

अमेरिकाले सो समूह पक्राउको स्वागत गरेको छ।

गत मे महिनामा अमेरिकी कोलोनिय पाइपलाइन आक्रमणमा सो समूहको संलग्नता थियो भने अन्य कयौं विश्वभरका ह्याकिङ्ग र र्यान्समवेयर आक्रमण पछाडी सो समूह सहभागी थियो। जसमा अमेरिकाले रुसमा रहेका ह्याकरहरुको समूहले आक्रमण गरेको आरोप लगाउँदै आएको छ।

रोयटर्सकाअनुसार रुसी एफएसबीले सो कारबाहीमा ४२ करोड ६० लाख रूबल मूल्यको क्रिप्टो मुद्रा सहित जफत गरेको बताएको छ। जसमा २५ स्थानमा छापा मारिएको थियो र १४ जनालाई पक्राउ गरिएको थियो। त्यसैगरी २० ओटा लक्जरी गाडीहरु समेत जफत गरिएको थियो।

यसअघि रुसले अमेरिकी आरोपलाई अस्वीकार गर्दै आएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.