Advertisement

अमेरिकाले किन रोक्यो चीनमा हुने सबै व्यावसायिक उडान ?

0 273

Advertisement

०१ माघ, बेइजिङ् । अमेरिकाले जनवरी १९ देखि लागू हुनेगरी चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चीनले कोरोनाभाइरस संक्रमणको बहाना बनाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले यस्तो निर्णय गरेको हो ।

आगामी हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिकअघिबेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने भएको जनाइएको छ ।

जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरर्राष्ट्रिय उडानहरूमा ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । यो नियमअनुसार पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा दुई हप्ताको लागि उडान हुँदैन ।

यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्ने चीन सरकारले नियम बनाएको छ । चीनका प्रतिबन्धित यस्ता विभिन्न नियमहरूप्रति अमेरिका रुष्ट भएको हो ।

चीनले आफ्नो ‘सर्किट–ब्रेकर’ नियमहरूलाई महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महव्वपूर्ण कदम भन्दै बचाउ गर्न खोजेको अमेरिकाको बुझाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.