Advertisement

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

0 282

Advertisement

२८ पुस, नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गर्नुभयो ।

विसं २०७७ माघ ५ गतेदेखि सुरु भएको ‘हिरासतमा किताब’ कार्यक्रम जिल्लाका पाँच प्रहरी कार्यालयमा सञ्चालन भइसकेपछि मङ्गलबार जिल्लाको कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । प्रहरी कार्यालयभित्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनका निमित्त पुस्तकालय शुभारम्भ गरिएको उहाँको भनाइ छ ।

प्रहरी कार्यालयमा सञ्चालित नागरिक प्रहरी पुस्तकालय निर्माणका लागि आवश्यक पर्ने पुस्तक, फर्निचर, ¥याकसहितका सामग्री जुटाउन जिल्लाको कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको महत्वपूर्ण सहयोग रहेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्ला प्रहरी कार्यालयमा सञ्चालनमा आएको नागरिक प्रहरी पुस्तकालयमा प्रहरी कर्मचारी तथा आम नागरिकको समेत सहज रुपमा पहुँच हुने बताउनुभयो ।

पुस्तकालयमा कानुन, उपन्यास, कविता, कथासहितका आख्यान र गैह्रआख्यान गरी करिब एक हजार थान पुस्तक रहेको गिरीले जानकारी दिनुभयो । पुस्तकालयमा आवश्यकताअनुसार नेपाली तथा अङ्ग्रेजी भाषाका किताब थप गर्दै लगिने उहाँले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.