Advertisement

डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालन

0 393

Advertisement

२६ पुष, पाल्पा । तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ । सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पुर्याउने जनाइएको छ ।

पहिलो चरणमा तानसेन –६ मा सो सेवा दिइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए । कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिककीकरण ल्याउन थालिएको बताए।

ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ । किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गर्ने र नयाँ प्रविधिको प्रयोग गरी आत्मनिर्भर बनाउन थालिएको सङ्घका प्रेम गोदारले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.