Advertisement

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

0 253

Advertisement

२२ पुस, रत्ननगर । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताउनुभयो । “हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उहाँले भन्नुभयो, “यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।” मुलुकलाई हिन्दू राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घमा विवाद नभएको र केन्द्रीय समिति एउटै बनेको छ तर महासङ्घको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको छ छ भन्दै उहाँले यहाँ हिन्दूहरुलाई लडाउँदै फुटाउने खेल भएको गुनासो गर्नुभयो । “हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झण्डामा राष्ट्रमात्रै हुन्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “धर्म जोगाउन सन्देश दिँदै हिन्दू राष्ट्र ल्याउने सङ्कल्पका साथ अगाडि बढे मात्र हिन्दू राज्य फिर्ता ल्याउन सकिन्छ ।”

महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो । “दलहरुको स्वार्थका लागि हिन्दू राज्यबाट नेपाललाई हटाइयो”, उहाँले भन्नुभयो, “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दू राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिनुभयो ।

महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दू राष्ट्र बनाउन पहल गर्नुपर्ने बताउनुभयो । “अब निर्वाचन आउँदैछ, हामीले राजनीनिक दल नहेरौँ जसले हिन्दू धर्मका बारेमा आवाज उठाउँछ त्यसैलाई मतदान गरेर हिन्दू राज्य बनाउन पहल गरौँ”, सचिव पौडेलले भन्नुभयो, “सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दू राज्य बनाउन सकिन्छ ।”

सबै धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्न सकेमा हिन्दू धर्मको गरिमा बढ्नमा उहाँले जोड दिँदै उहाँले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नका लागि चितवनबाट आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको र यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.