Advertisement

जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड

0 381

Advertisement

२० पुस, काठमाडौँ । जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा व्यक्त गरे ।

पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले जलवायु परिवर्तन विश्वभरिका लागि ठूलो समस्या र मानव सभ्यताका लागि चुनौतीका रुपमा देखिएकाले यसको समाधानका लागि विकसित देशहरु अझ बढी चनाखो हुनुपर्ने बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राष्ट्रिय, प्रादेशिक, स्थानीय र समुदाय स्तरमा जागरुकता र क्रियाशीलता बढाउन तथा अनुकूलनका लागि पर्याप्त मात्रामा उपयुक्त प्रविधि प्रविधि प्रवद्र्धन तथा विकासमा ध्यान दिनुपर्छ भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले वन व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन तथा विकासलाई समावेश गरेको र सोको सफल कार्यान्वयनका लागि सरकार तथा निजी क्षेत्रको सामूहिक प्रयासमा जोड दिएको छ भन्नुभयोे ।

नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले कोइला, पेट्रोल र डिजेलको बढ्दो खपतका कारण जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई कम गर्न नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

जलवायु परिवर्तन विशेषज्ञ तथा विश्लेषक मञ्जित ढकालले कोप २६ ले विश्वव्यापी कार्यक्रमहरु अघि बढाउन कार्यदिशा प्रदान गरेको र सघन कार्यक्रम सञ्चालन गर्न आर्थिक र प्राविधिक क्षमता वृद्धिका लागि विभिन्न मञ्चहरुमा छलफल र संवाद हुने आशा व्यक्त गर्नुभयो ।

प्रकृति रिसोर्स सेन्टर नेपालका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले कोप २६ र अघिल्ला कोपहरुको उपलब्धि, विश्वस्तरका गतिविधिहरु र नेपालमा जलवायु परिवर्तन न्यूनीकरणका लािग भए गरिएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी वन तथा वातावरण मन्त्रालयका उपसचिव मिलन ढुङ्गानाले सरकार एवं निजी क्षेत्रको सहभागितामा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएकोे जानकारी गराउनुभयोे ।

दी नेपाल विक्लीका सम्पादक शिरीषवल्लभ प्रधानले विकसित मुलुकमा समेत जलवायु परिवर्तनको असरस्वरुप ठूल्ठूला प्राकृतिक प्रकोप देखिन थालेकाले यसलाई कम गर्न मानवीय आचरण प्रकृतिमैत्री हुनुपर्ने, पृथ्वीमाथि अत्यधिक चाप पार्न नहुने र नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नाका लागि छलफल गर्न, कार्यनीति तय गर्र्न र कोष व्यवस्थापन गर्न राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी २६औँ विश्व सम्मेलन सम्पन्न भएको डेढ महिना पूरा भएको सन्दर्भमा सो अन्तरक्रिया गरिएको थियो । बेलायतको ग्लास्गोमा आयोजित उक्त सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको जलवायु परिवर्तनसँग जोडिएका विभिन्न समस्याबारे जानकारी गराउनु भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.