पूँजी बजारलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन बीमा समिति अध्यक्षलाई लगानीकर्ताहरुको चेतावनी
१९ पुस, काठमाडाैँ । बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवाललाई तथ्यहिन र भ्रामक अभिव्यक्ति नदिन लगानीकर्ताहरुले चेतावनी दिएका छन् । स्वतन्त्र पूँजी बजार सुधार संघले अध्यक्ष सिलवाललाई पदिय मर्यादा बाहिर गएर भ्रामक तथा तथ्यहिन अभिव्यक्ति नदिन चेतावनी दिएको हो ।
बीमा कम्पनीहरुको दोस्रो बजारमा मूल्य प्रभावित हुनेगरी बीमा समितिको अध्यक्षबाटै ठोस निर्णय बिना योजनामा फेरवदल गरी अपरिपक्व अभिव्यक्ति दिएको सघंले आरोप लागएको छ ।
अध्यक्षको भनाईले बीमा कम्पनीको शेयरमुल्यमा प्रतिकुल असर गरेकोले पदिय मर्यादा कायम गर्न समेत आग्रह गरेको छ ।
आगामी दिनमा यस्तै खालको भ्रामक तथा तथ्यहिन अभिव्यक्ति दिएर पूँजी बजारलाई प्रतिकुल असर पुग्ने काम भएमा संघले आवश्यक कदम चाल्ने समेत चेतावनी दिएका छन् ।