Advertisement

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु, पहिलो दिन १४ खेलाडी मैदानमा उपस्थित

0 261

Advertisement

१९ पुस, कँठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण आज सोमबारबाट शुरु भएको छ । खेलाडी र क्यानबिचको विवाद र समस्याको अन्यौलतालाई चिर्दै राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण आजबाट शुरु भएको हो ।

क्यान र असन्तुष्ट पक्ष भनिएका पूर्व कप्तान नेतृत्वका केही खेलाडीहरुको माँग पुरा हुने देखिएपछि आईतबारका लागि निर्धारित बन्द प्रशिक्षण एक दिन ढिला गरी आजबाट नियमित रुपमा संचालन भएको हो ।

क्यानका अनुसार बन्द प्रशिक्षणका लागि अहिलेसम्म २० जना खेलाडीले रिपोर्टिङ गरेका छन् । जसमध्ये पहिलो दिनको औपचारिक प्रशिक्षमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी ६ खेलाडीको कोरोना परिक्षण बाँकी रहेकोले होटलमै रहेको क्यानले जनाएको छ ।

यस्तै क्यानका अनुसार बाँकी रहेका ९ जना खेलाडीले आज साँझ सम्म प्रशिक्षणका लागि रिपोर्टिङ गर्ने बुझिएको छ । रिपोर्टिङ गर्न बाँकी रहेका खेलाडीहरुमा कारबाहीमा परेका कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा छन् ।

यस्तै सागर ढकाल भने स्वास्थ्य समस्याका कारण अहिले बन्द प्रशिक्षणमा सामेल छैनन् ।

आइतबार साँझ काठमाण्डौंको एक होटलमा प्रशिक्षक पुबुदु दसानायके,क्यान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंहसँग ज्ञानेन्द्रले छलफल गर्दै आज बिहान ९ बजेसम्म निर्णय दिने बताएका थिए ।

उनले आज बिहान प्रशिक्षक दसानायकेलाई एसएमएसमार्फत आफूहरु दिउँसो सम्म टोलिसँग जोडिने जानकारी गराएका छन् ।

ज्ञानेन्द्र खेमामा भनिएका १३ मध्ये चारजना क्रिकेटर बिनोद भण्डारी,सुशान भारी,विक्रम शोब र नन्दन यादव भने आइतबार राति नै बन्द प्रशिक्षणका लागि टोलिसँग जोडिएका थिए ।

क्यानले शनिबार आईसीसी पुरुष टि २० विश्वकपको ओमानमा हुने ग्लोबाल छनौट खेल्नका लागि राष्ट्रिय टोलि निर्माण गर्न सन्दिप लामिछानेको कप्तानीमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । कप्तान सन्दीप भने बिग ब्यास लिग खेल्नका लागि यतिखेर अष्ट्रेलियामा छन् ।

क्यानले गत महिना खेलाडी वर्गिकरणको बखेडा झिकेर मिडियामा गलतथ प्रचारप्रसार गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट बर्खास्त गरेको थियो भने उपकप्तान दिपेन्द्रसिहं ऐरी,सोमपाल कामी र कमलसिंह ऐरीसहित चारै जनालाई शुरुवाती ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने गरी कारवाही गरेको थियो ।

टि(२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल आगामी १५ देखि २५ सम्म आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् । छनोट हुन ४४ दिन बाँकी रहँदा नेपालमा भने खेलाडी विवाद जारी छ ।

बन्द प्रशिक्षणको पहिलो दिन मैदानमा उपस्थित १४ खेलाडी:

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो

बन्द प्रशिक्षणका लागि बोलाइएका ३० खेलाडीको सूचीः

सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.